चिसोबाट कठयाङग्रिंएका परिवारलाई धुर्मुस-सुन्तलीले बाँडे न्यानो कम्बल

<span class='c1'>चिसोबाट कठयाङग्रिंएका परिवारलाई धुर्मुस-सुन्तलीले</span> <span class='c2'>बाँडे न्यानो कम्बल</span>

सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई धुर्मुस-सुन्तली फाउण्डेसनले आज कम्बल वितरण गरेको छ ।एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो ।

कलाकार एवं सामाजिक अभियन्ता द्धोय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आफै उपस्थित भई कम्बल वितरण गरेका हुन् ।

यस्तै फाउण्डेसनले सर्लाहीको घुर्कौलीमा रहेको द्धन्द्ध पीडित बाल गृह र हरिवनमा रहेको सर्भिस फरपिस नेपाल सुखेपोखरीद्धारा सञ्चालित बाल गृहमा पनि कम्बल वितरण गरेको छ । फाउण्डेसनले सर्लाहीमा चिसोबाट प्रभावित भैरहेका करिव साँढे चार सय परिवारलाई कम्बल वितरण गर्ने योजना बनाएको छ ।

लालबन्दी नगरपालिका–५ रञ्जितपुरमा मुसहरहरुलाई कम्बल वितरण गर्दै समाजिक अभियन्ता धुर्मुसले समस्यामा परेका विपन्न परिवारलाई यसरी सहयोग गर्न पाउँदा आनन्द मिल्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्