माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बस्ने

<span class='c1'>माओवादी केन्द्रीय कार्यालयको विस्तारित</span> <span class='c2'>बैठक आज बस्ने</span>

काठमाण्डौ,पुस १८। पार्टी एकता र सरकार गठनको मूल एजेण्डामा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नेभएको छ ।माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मङ्गलबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुने बताइएको छ ।

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्