विराटनगर, १८ पुस । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा खेलकुद सप्ताह मंगलबारदेखि शुरु भएको छ ।कलेजमा अध्ययनरत विद्यार्थीविच हुने खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस टेबल टेनीस, ब्याडमिन्टन, बास्केटबल, भलीबल र दौडको खेलहरु समावेश गरिएको खेल सम्योजक नवीन मिश्रले बताए । सम्योजक मिश्रका अनुसार २१ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा १ सय ५० जना विद्यार्थाीहरु सहभागी हुने बताए ।