धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु

<span class='c1'>धनकुटालाई १ नं प्रदेशको राजधानी</span> <span class='c2'>बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु</span>

धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु गरिएको छ । आम हड्तालका कारण बिहानैदेखि धनकुटा बजार बन्द छ भने कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् ।

सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ । बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी साधन चल्न दिएका छैनन् । यद्यपी एम्बुलेन्स, प्रेस, विद्यालय र दुध तथा तरकारी बोकेको सवारी साधनलाई भने अवरोध गरिएको छैन ।

राजधानीको माग राख्दै धनकुटावासी विगत २० दिनदेखि आन्दोलित छन् । पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकामसमेत रहेकोले धनकुटालाई राजधानी बनाउनु पर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्