बिराटनगर पुस १९ , बिराटनगर महानगरपालिकामा चल्ने सिटिसफारी चालकहरुलाई आज ट्राफिक नियम समन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ । बिराटनगरको महेन्द्र चौकमा २० जना सिटिसफारी चालकहरुलाई भेला गरी ट्राफिक नियम, सडकमा सवारी चालाउँदा ध्यान दिनु पर्ने कुराहरु, र सडकको सुरक्षीत प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
प्रसनि तुलामणी आचार्य सहितको टोलिले सिटिसफारी चालकहरुलाई स्थलगत प्रशिक्षण दिनुको साथै बिभिन्न ट्राफिक कोटेशन लेखिएको ५० थान पर्चा पमप्लेट वितरण गरिएको थियो ।