ससुराली घरमा लुकाई राखेको लागुऔषध प्रहरीद्धारा बरामद

ससुराली घरमा लुकाई राखेको लागुऔषध प्रहरीद्धारा बरामद

विराटनगर १९ पुष । बिराटनगर १२ बखरीस्थित एक घरबाट प्रहरीले बुधबार ठुलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले बिराटनगर १७ बस्ने ३० बर्षिय बिनोद पञ्जियारलाई १३ सय एम्पुल टिडी जेसिकसहित दिउँसो साढे १ बजे पक्राउ गरेको हो।

पञ्जियारले सो लागूऔषध भारतको जोगवनीबाट खरिद गरेको र नेपाल भित्राई बिराटनगर १२ स्थित ससुराली घरमा लुकाई राखेका थिए। प्रहरीले घरको कोठाको एक कुनाबाट कालो झोलामा सेतोटेपले बाधेर लुकाई राखेको अबस्थामा उक्त लागूऔषध फेला पारेको हो।

बरामद लागूऔषधमा फेनारगन ४ सय ५० एम्पुल, डाईजेल्याब ५ सय ५० एम्पूल र नोफिन ३ सय एम्पुल रहेको लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरले जनाएको छ । पक्राउ परेका ब्यक्ती उपर थप अनुसन्धान भईरहेको मोरङ मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्