विराटनगरमा अवैध सखुवाको काठ सहित ट्रयाक्टर बरामद

विराटनगरमा अवैध सखुवाको काठ सहित ट्रयाक्टर बरामद

विराटनगर १९ पुष । विराटनगर १४ जतुवाबाट प्रहरीले अवैध सखुवाको काठ सहित एउटा ट्रयाक्टर बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी प्रहरीको गस्ती टोलीले को १ त ८५७१ नम्बरको ट्रयाक्टरमा लोड गरेको अवस्थामा काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सान्तोष निरौलाका अनुसार विराटनगर १४ जतुवा स्थित भित्री सडकको छेउमा करिब एक सय क्यूफीट बहुमूल्य सखुवाको काठ बरामद गरेको छ । काठ र ट्रयाक्टरलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यलय मोरङ बझाईएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्