जेनिथ ईन्टरनेशनल कलेजमा सप्ताहव्यापी खेलकुद जारी

जेनिथ ईन्टरनेशनल कलेजमा सप्ताहव्यापी खेलकुद जारी

विराटनगर २० पुष , विराटनगर १० मा रहेको जेनिथ ईन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ गत पुष १६ गते देखि सुरु भएको खेलकुद पुष २१ गते सम्म संचालन हुने भएको छ । खेलकुद अन्र्तगत व्याडमिन्टन, टेवल टेनिस भलिबल, सेकरेस,चेस, क्याराम्बोर्ड,म्यूजिकल चियर,स्पुन रेस लगायतका खेलहरु भईरहेको कलेजका सन्दिपदास श्रेष्ठले जानकारी दिए । कलेजले खेलकुदको जिम्मा विविए तेस्रो सेमिस्टरका विद्यार्थीहरुलाई दिएको छ । पढाईका अतिरित्त खेलकुदमा पनि वौद्धिकता प्रदान गराउने उदस्यले कलेजले विद्यार्थीहरुलाई जिम्मा दिने गरेको छ । खेलकुदमा विजयी भएका विद्यार्थीहरुलाई आगामी पुष २७ गते कलेजको बार्षिक उत्सवको अबसरमा पुरस्कार वितरण गरिने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्