पाँचथरको हिलिहाङ गाउँपालिका-१ बस्ने ८१ बर्षिय नर बहादुर थुलुङ राईको घरमा शुक्रबार आगलागी भएको छ भने आगोमा परेर नरबहादुरको ज्यान गएको छ।
राती १२ बजे अचानक सल्किएको आगोले घरभित्र एक्लै सुतेका उनको आगोमा परेर ज्यान गएको स्थानियले बताए। आगलागी विहान १;३० बजे इलाका प्रहरी कार्यालय अम्मरपुरबाट खटिएको प्रहरीको टोलील र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।