ठगी मुद्दामा पक्राउ क्रिकेटर पृथु बास्काेटासहितकाे डेभाजु संचालक टाेली धराैटीमा रिहा

<span class='c1'>ठगी मुद्दामा पक्राउ क्रिकेटर पृथु बास्काेटासहितकाे</span> <span class='c2'>डेभाजु संचालक टाेली धराैटीमा रिहा</span>

ठगी मुद्दामा पक्राउ परेका क्रिकेटर पृथु बास्काेटासहित काठमाडाैंकाे चर्चित क्लब डेभाजुका संचालकहरू धराैटीमा रिहा भएका छन् । अमेरिकी डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भने पनि मार्समेल्लाे कार्यक्रममा नअाएपछि क्लबमा ताेडफाेड भएकाे थियाे । साे घटना पछि मंहगाे मुल्यमा क्षमता भन्दा बढि व्यक्तिलाइ कार्यक्रमकाे टिकट बिक्रि गरिएकाे सार्वजनिक भएकाे थियाे ।
क्रिकेटर बास्काेटा सहित क्लबका सात संचालक धराैटीमा रिहा भएका हुन् । समाचारमा जनाइए अनुसार क्लबका दुइ संचालकले जनही २ लाख र अन्य पाँच जनाले ४० हजारका दरले धराैटी बुझाएका हुन् ।
उनीहरूले डिजे मार्समेलोकाे कार्यक्रममा सहभागी हुनका लागि जनही ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए ।
मार्समेल्लाे भने अाफुलाइ फुडपाेइजनीगं भएकाे भन्दै कार्यक्रममा सहभागी नभइ हाेटलमै बसेका थिए । उनी अाउने जानकारी अायाेजकले समयमै नदिएकाे भन्दै उत्तेजित भिडले क्लबमा ताेडफाेड गरेका थिए ।
साे घटना पछि प्रहरीले पृथु बाँस्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र क्लबका क्याप्टेन आकाश न्यौपानेलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्