माेरङ र झापामा भएकाे दुर्घटनामा ५ जना घाइते

<span class='c1'>माेरङ र झापामा भएकाे</span> <span class='c2'>दुर्घटनामा ५ जना घाइते</span>

मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्।

मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर्षिया साजना खातुन र उनकै छोरी १९ बर्षिया गुडिया खातुन घाइते भएका छन्।

घाइते तीनै जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरेहको छ। ट्रकका चालक वडा प्रहरी कार्यालय (ख) हाटखोला विराटनगरको नियन्त्रण छन्।

यता झापाको कन्काई नगरपालिका-५ बिरीङ पुल नजिकै साँझ ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मे ३ प ४३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक विर्तामोड नगरपालिका-३ बस्ने ४२ बर्षिय केशब अधिकारी र पछाडि सवार उनकै श्रीमती ३६ बर्षिया ईन्दिरा अधिकारी घाइते भएका छन्। घाइते दुवैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय अनारमनीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्