माेरगं र झापाकाे विभिन्न स्थानमा भएकाे दुर्घटनामा २ जनाकाे मृत्यु

माेरगं र झापाकाे विभिन्न स्थानमा भएकाे दुर्घटनामा २ जनाकाे मृत्यु

झापा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। झापाको कचनकबल गाउँपालिका-४ पकलीभिट्टा स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ त ५१५० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका राइस मियाको छोरा ५ बर्षिय फिर्दस मियाको मृत्यु भएको छ।

दिउँसो १२ बजे भएको उक्त दुर्घटनामा गम्भिर घाइते बालकको उपचारकोलागी लैजाने गर्दा गर्दै मृत्यु भएको प्रहरीले जानएको छ। ठक्कर दिने ट्क्टरका चालक फरार रहाकले खोजी भइरहेको सिमा प्रहरी चौकी केचनाले जनाएको छ।

यता मोरङको उर्लाबारी नगरपालिका-१ थापाडांगी स्थित भित्रि सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउदै गरेको को १ त ९७१६ नम्बरको ट्याक्टर विहान ११ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका लेबर उर्लाबारी नगरपालिका-४ बस्ने २५ बर्षिय दिप माझीको मृत्यु भएको छ। गम्भिर घाईते उनको मंगलबारे अस्पतालमा उपचारको क्रममा १२:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्