सास्थम कलेजमा अाजबाट खेलकुद सप्ताह सुरू

सास्थम कलेजमा अाजबाट खेलकुद सप्ताह सुरू

सास्थम कलेज विराटनगरमा अाजबाट खेलकुद सप्ताह सुरू भएकाे छ । अाजबाट सुरू भएकाे उक्त खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले रेस, चेस, ब्याडमिन्टन खेलहरू समावेश गरिएकाे छ । सप्ताह अन्तर्गत इन्डाेर खेलिने खेलहरू सास्थम कलेज मै अायाेजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता अाउटडाेर खेलहरू स्नातकाेत्तर कलेजकाे खेल मैदानमा हुने बताइएकाे छ ।

यस खेलकुद सप्ताहमा सास्थम कलेजमा अध्ययनरत एक सय भन्दा बढि विद्यार्थीहरूकाे सहभागीता रहने व्यवस्थापन संकायका प्रमुख प्रविण रिमालले जानकारी दिए । उनले खेलकुद सप्ताहमा बिबिए र बिएचएम संकायका खेलाडीहरूकाे सहभागीता रहने जानकारी दिए । यहि अन्तर्गत विद्यार्थी र शिक्षकहरू बिच मैत्रीपुर्ण खेलहरू समेत गराइने उनले बताए ।
अाजबाट सुरू भएकाे खेलकुद सप्ताह जनवरी १४ का दिन समापन गरिने रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्