जहदा गाँउपालीकामा सेवाग्राही र सेवाप्रदायक विच अन्तक्रिया

जहदा गाँउपालीकामा सेवाग्राही र सेवाप्रदायक विच अन्तक्रिया

विराटनगर २३ पुष । विराटनगर २३ पुष । सरकारले स्थानिय तहमा अझै पनि प्रभावकारी ढंगबाट भने जस्तो काम गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जहदा गाँउपालीका मझारेमा आइतबार अनौपचारिक सेवा केन्द्र विराटनगर ईन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही विचको स्थानिय तह स्तरीयमा अन्तक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले त्यस्तो बताएका हुन् ।
स्थानिय तह सम्म शिक्षा, स्वास्थ्य , पशु र कृर्षिका क्षेत्रमा सरकारले लगानी गरेता पनि सोचे अनुरुप काम गर्न भने नसकिरहेको उनीहरुले आरोप लगाए । कार्यक्रममा सेवाग्राहीहरुले मल, विउ समयमा नपाउने गरेको, सिचाइको सुविधा नपाएको गुनासो गरेका छन ।
सेवाग्राही बद्री खनालले वालवालिकाहरु नियमित विद्यालय जनाने गरेको गुनासो गर्दै शिक्षकहरुले सक्रिय हुन जरुरी रहेको बताएका छन । नया संरचना अनुसार सेवा प्रवाह नहुदा सेवा पाउन नसकेको स्थानियले गुनासो गरेका छन । गाउपालिकाको क्षेत्र ठुलो भएको तर कृषि, शिक्षा, स्वास्थ्य, पशु क्षेत्रका प्राविधिक अभाव हुदा सेवा पाउन नसकेको उनिहरुको गुनासो छ ।
कार्यक्रममा उठेका सवालको जवाफ दिदै जहदा गाउपालिकाका अध्यक्ष कैलास मण्डलले नया संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि ब्यवस्थापन भइनसेका कारण समस्या भइरहेको बताए। उनले शिक्षा, स्वास्थ्य,कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभुती गर्ने गरी सेवा प्रदान गर्नेगरी योजना बनाउने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले सेवा प्रदायक र सेवाग्राही विच समय समयमा अन्तरक्रिया भए सुधार गर्ने अबसर हुने र योजना बनाउन सजिलो हुने बताए । उनले इन्सेकले स्थानीय स्तरमा गठन गरेको मानवअधिकार निगरानी समुहले निरन्तर यस्ता विषयमा चासो राख्दै खबरदारी गर्ने र सकारात्मक सहयोग गर्ने बताए । मानवअधिकार निगरानी समुह जहदाका अध्यक्ष राजनन्दन सिहले निगरानी समुहले अनुगमन र खबरदारी गरेपनि शिक्षा, स्वास्थ्य,कृषि क्षेत्रको सेवा प्रवाहमा सकारात्मक सुधार आएको बताउदै यसका सबैको सक्रियताको खाँचो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्