जाडो बढेपछि सर्वसाधरणलाई विराटनगरमा आगो ताप्ने व्यवस्था

जाडो बढेपछि सर्वसाधरणलाई विराटनगरमा आगो ताप्ने व्यवस्था

विराटनगर २३ पुस । एकसातादेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेका बेला विराटनगरको लाइफगार्ड हस्पिटलले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाइदिएको छ ।
अस्पतालका प्रमुख डा. कैलाश श्रेष्ठका अनुसार विराटनगरका बरगाछी, चाँदनीचोेक, गणेश चोक, त्रिमूर्ति चोक समेतका स्थानमा आगो ताप्ने व्यवस्था मिलाएर दाउरा वितरण गरिएको छ । अस्पतालले १० क्विन्टल दाउरा वितरण गरेको छ । ‘चिसोले जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेको छ,’ डा.श्रेष्ठलेका अनुसार , ‘सर्वसाधारणलाई चिसोबाट बचाउनका लागि आगो ताप्ने व्यवस्था मिलाउन अस्पतालले दाउरा वितरण गरेको हो ।’ बाक्लो हुस्सु र चिसो हावासंगै शीतलहर चल्दा जाडो बढेर समय काट्न सर्वसाधारणलाई मुस्किल पर्न थालेपछि अस्पतालले दाउरा सहयोग गरेको उनले बताए । यसैविच केहिदिन अगाडी ईलाका प्रहरी कार्यलय रानी विराटनगरले पनि स्थानियवासीलाई आगो ताप्नको लागी व्यावस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्