माेरंगकाे दुइ स्थानमा दुर्घटना, दुइकाे मृत्यु

माेरंगकाे दुइ स्थानमा दुर्घटना, दुइकाे मृत्यु

मोरङको छुट्टा छुट्टै दुई स्थानमा आइतबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ।

मोरङको रतुवामाई नगरपालिका-९ कालीभट्टामा मे १ त ५९५६ नम्बरको ट्याक्टरले को १२ प ६२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-९ बस्ने ४५ बर्षिय सोमनाथ गौतमको मृत्यु भएको छ।

अपरान्ह ३ बजेतिर भएको उक्त दुर्घटनामा गम्भिर घाइते उनको मंगलवारे अस्पतालमा मृत्यु भएको हो। ट्याक्टरका चालक प्रहरी चौकी इटहराको नियन्त्रणमा छन्। यता सुन्दरहरैचा नगरपालिका-५ बाँसबारी चौकमा पश्चिमबाट पूर्ब आउदै गरेको ना ३ ख ६०५८ नम्बरको ट्रकले को १६ प ७७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका-११ बस्ने २६ बर्षिय कृष्ण राइको मृत्यु भएको छ।

अपरान्ह ३ बजे भएको उक्त दुर्घटनामा गम्भिर घाइते उनको विपी कोइराला स्वास्त्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्