३ लाख लिएर फरार श्रीमती खाेज्न अाग्रह गर्दै विराटनगरमा श्रीमानले गरे पत्रकार सम्मेलन

<span class='c1'>३ लाख लिएर फरार श्रीमती खाेज्न अाग्रह</span> <span class='c2'>गर्दै विराटनगरमा श्रीमानले गरे पत्रकार सम्मेलन</span>

विराटनगर २४ पुस । ३ लाख नगद सहित श्रीमती बेपत्ता भएपछि एक श्रीमान्ले श्रीमति खोजीदिन आग्रह गरेका छन् ।
बूढीगंगा–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको पिडीत श्रीमान्ले बताए । बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

[caption id="attachment_45053" align="aligncenter" width="611"] वेपत्ता भएकी श्रीमती अनिता देवी पासवान[/caption]

गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एक जनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए । अनिता देवी नोवेल हस्पीटलमा अप्रेशन थ्रेयटरकोठामा सरसफाई गर्दै आएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्