विराटनगरमा लागेको जुत्ता चप्पल मेलामा ग्राहकको भिड बाक्लिदै

<span class='c1'>विराटनगरमा लागेको जुत्ता चप्पल</span> <span class='c2'>मेलामा ग्राहकको भिड बाक्लिदै</span>

प्रेम देवान
विराटनगर २५ पुष । बिराटनगरमा गत पुष ५ गते देखि संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड झनै बढ्दै गईरहेको छ ।
जुत्ता चप्पल मेला लागेको आज २० दिन भईसक्दा पनि जुत्ता चप्पल खरिद गर्न आउनेहरुको भिड उतिकै मात्रमा रहेको छ ।
घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले पनि ग्राहकलाई आकर्षित गरेको हाई लाईफ चप्पलका संचालक विनय चौधरीले जानकारी दिए । हाईलाईफको ५ सय देखि माथी जुत्ता चप्पल खरिद गर्ने जो कोहीलाई एक जोर हवाई चप्पल फ्रिमा उपलव्ध गराईने गरेको चौधरीले बताए । यस्तो अफर पाएपछी ग्राहकहरु जुत्ता चप्पल मेलाम खरिद गर्न आउनेको भिड बढ्दै गएको छ ।
जुत्ता चप्पल मेलामा ७५ रुपैया देखि ७५ प्रतिशत सम्म छुटमा जुत्ताचप्पल पाउन थालेपछि बिराटनगर लगायत विराटनगरका आसपासका बासिन्दाहरु जुत्ता चम्पल मेलामा खरिद गर्न आउने गरेका छन् । बजार भन्दा सस्तो पाउने भएपछी मेलामा नै जुत्ता चप्पल खरिद गर्न आएको विराटनगर ११ पिचराकी सुजता राईले बताईन् । उनले आफ्नो कलेज र घरमा बोजुको लागी पनि हाई लाईफको जाडोमा लगाउने जुत्ता खरिद गरेको आवर विराटनगर डट नेटलाई जानकारी दिईन् ।

मेलामा अहिले विभिन्न ५ वटा ब्राण्डका जुत्ता चप्पल रहेका छन् । मेलामा ख्यातीप्राप्त शिखर सुज, हाइलाइफ, बि.एफ.डियर हिल, क्रसरोड, शुल्याण्डका प्रतिष्ठित ब्राण्ड जुत्ता चप्पलहरु राखिएको छ । ग्राहकले बजारमा ५ सयमा एक जोर भेटिने तर मेला ५ सयमा दुई जोर सम्म भेटिने भएका कारण पनि आफू जुत्ता चप्पल मेलामा खरिद गर्न आएको जहदा गाउपालीका २ विष्णु राजवशीको भनाई छ ।
मेलामा स्पोर्टस देखि क्याजुयल, पार्टी वयेर अफिसियल र स्कुल कलेजका विद्यार्थीहरुका लागी समेत सबैमा उपलब्ध रहेको छ । जुता चप्पल मेला आगामी माघ ६ गते सम्म लाग्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्