विराटनगरसहित माेरगंमा भएकाे दुर्घटनामा परि ३ जना घाइते

<span class='c1'>विराटनगरसहित माेरगंमा भएकाे दुर्घटनामा</span> <span class='c2'>परि ३ जना घाइते</span>

मोरङको विभिन्न स्थानमा सोमबार भएको सवारी दुर्घटनमा परी ३ जना घाइते भएका छन्।

विराटनगर महानगरपालिका-४ स्थित कोशी राजमार्गमा साँझ ८ बजे को २७ प ७८२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ बर्षिय मोहमद अनामुल घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। यस्तै कानेपोखरी गाउँपालिका-६ रमाईलोमा मोटरसाइकलले ठक्कर दिएर दुई जना घाइते भएका छन्।

घाइतेहरुमा ७० बर्षिया स्थानिय होम कुमारी लम्साल र राजिब तामाङको २ बर्षिय छोरा सोहन तामाङ रहेका छन्। लम्साललाई साँझ ६ बजेतिर बा ४१ प ५७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो भने तामाङलाई दिउँसो ३ बजेतिर को ५ प ५५६४ नम्बरको मोटरसाइकलको ठक्कर दिएको थियो। घाइते महिलाको मोरङ सहकारी अस्पतालमा उपचार भइरहेको छ भने बालकको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। दुवै मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्