सुनसरीको धरान ८ स्थित औधोगिक ब्यावस्थापन कार्यालयका एक कर्माचारी सोमबार करेन्ट लागेर घाइते भएका छन्।
घाइते हुनेमा ३० बर्षिय बिनय कुमार मण्डल रहेका छन्। बेलुका ८ बजेतिर राईस कुकर बाट खाना पस्कने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।