जाडाेका कारण सप्तरीमा दुइ बालबालिकाकाे मृत्यु

<span class='c1'>जाडाेका कारण सप्तरीमा</span> <span class='c2'>दुइ बालबालिकाकाे मृत्यु</span>

एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १मा अध्ययनरत सातवर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीयवासीले जनाएका छन् ।

दुवैको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंहह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा हालसम्म १८ जनाको चिसोबाट मृत्यु भए पनि प्रहरीले छ जनाको मात्र पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्