काठमाडौं । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार राष्ट्रिय एकता दिवस परेकाले त्यस अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने सरकारको निर्णय भएको उल्लेख छ ।
नेपालमा पछिल्ला वर्षमा राष्ट्रिय एकता दिवसको दिनमा दिइने विदा कट्टा गरिएको थियो ।