चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु

<span class='c1'>चिसोले कठ्यांग्रिएर दुई</span> <span class='c2'>जनाको मृत्यु</span>

वीरगञ्ज । पर्सामा चीसोले कठ्यांग्रिएर थप दुई जनाको मृत्यु भएको छ । चिसोका कारण दुई जनाको मृत्यु भएको र दुवै जना जिराभवानी गाउँपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिए ।

जिराभवानी गाउँपालिका वडा नं १ महादेवपट्टि पकडीटोलाका ६० वर्षीय कमल खवास थारु सुतिरहेकै अवस्थामा मृत भेटिएका हुन् । चिसोले कठ्यांग्रिएर उनको बिहान २ बजेतिर मृत्यु भएको भएपनि प्रहरीलाई बिहान साढे १० बजेतिर मात्रै जानकारी आएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

त्यसैगरी जिराभावनी गाउँपालिका वडा नं १ महादेवपट्टीको तमरीटोल बस्ने ३५ वर्षका शम्भु महरा चमारको पनि जाडोकै कारण मृत्यु भएको छ । उनी पनि बिहान मृत भेटिएका थिए । मृतकहरुको आर्थिक अवस्था कमजोर रहेको र न्यानो ओढ्ने कुराको अभावमा ज्यान गएको स्थानीयले बताएका छन् ।

यसअघि मंगलबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं १८ भवानीपुरमा चिसोले कठ्यांग्रिएर स्थानीय ५० वर्षीया मञ्जु मण्डलको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्