स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

<span class='c1'>स्कुल बस दुर्घटना हुँदा</span> <span class='c2'>एकको मृत्यु, दुई घाइते</span>

रत्ननगर, चितवन,  पुस २६ गते । मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नं ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार सोही गाउँपालिका वडा नं ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नं ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

ट्रक र बस दुबै सडकबाट करिब ५०÷६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ । ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ  ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्