विराटनगर २६ पुष । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले भन्सार छलेर ल्याएको सामान बरामद गरी भन्सारमा बुझाएको छ । जोगबनीबाट भन्सार छलेर ल्याएको करिब ६० हजार मुल्य बराबरको सामान बरामद गरी भन्सारमा दाखिला गरेको ईलाका प्रहरीका कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । प्रहरीले कपडा, तरकारी, खाद्यन्न सामाग्री लगायत ३ थान साईकल समेत बरामद गरी बुधबार रानी भन्सारमा बुझाएको रानी प्रहरीले जनाएको छ ।