प्रदेश नं १ को राजधानी धनकुटा बन्नुपर्ने माग सहितको आन्दोलनले जनजीवन कष्टकर

<span class='c1'>प्रदेश नं १ को राजधानी धनकुटा</span> <span class='c2'>बन्नुपर्ने माग सहितको आन्दोलनले जनजीवन कष्टकर</span>

प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ ।

धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताउनुभयो ।

धनकुटा सदरमुकामलगायत पाख्रिबास, छथरजोरपाटी, साँगुरीगढी लगायतका बजारसमेत बन्द हुनाका साथै यातायात सेवासमेत ठप्प छ ।

पटकपटकको बन्दका कारण सुनसरीको धरानबाट कोशी पहाडतर्फ सञ्चालित मालवाहक एवं यात्रुवाहक यातयात सञ्चालन नहुँदा तेह्रथुम, संखुवासभा र भोजपुरका लागि दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ ।

बन्दकर्ताले कोशी राजमार्गको धनकुटा सडकखण्डमा टायर बालेर सवारीसाधन रोकेपछि विभिन्न जिल्लाबाट गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु धनकुटाको भेडेटार र सिधुवा क्षेत्रमा अलपत्र परेका छन् ।

बन्दमा एम्बुलेन्स, प्रेस, शिक्षण संस्था, दूध र तरकारी बोकेको सवारीसाधन खुला रहेका बताइए पनि विभिन्न ठाउँमा अवरोध भइरहेको गुनासो बढेको छ । गत चार हप्तादेखि प्रदेश राजधानी माग गर्दै आन्दोलनरत धनकुटावासीले आमहडताल गर्न थालेपछि पहाडको जनजीवन कष्टकर बन्दै गएको हो ।

प्रदेशको राजधानीको माग राख्दै धनकुटावासी विगत २६ दिनदेखि आन्दोलित छन्। पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साबिकको पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लाको सदरमुकामसमेत रहेको धनकुटालाई १४ जिल्लाको केन्द्रका रुपमा अस्थायी राजधानी बनाउनुपर्ने धनकुटावासीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्