पुर्व सांसद लालबाबु पण्डित हातमा झाडू लिएर सरसफाइमा

पुर्व सांसद लालबाबु पण्डित हातमा झाडू लिएर सरसफाइमा

विराटनगर २७ पुष । एमाले नेता लालबाबु पण्डित बिहीबार बिहानै हातमा झाडू लिएर राजधानीका सडकमा झुल्किएका छन् । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका पण्डित बिहीबार बिहानै राजधानीको तिनकुनेमा झाडू लिएर तिनकुनेमा झुल्किएका हुन् । हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेका उनको समूहले बिहानभर सडक सफा गरेको थियो । क्लिन काठमाडौं अभियान अन्तरगत सो समूहले कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक सफा गरेको थियो । ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्