ईटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

ईटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सुनसरी, पौष २८ गते।ईटहरीमा गएराती मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा को १० प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ को अरुण राई रहेका छन् ।

राती करिब ११३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको पोलमा राईको मोटरसाइकल ठोक्किंदा गम्भीर अवस्थामा भेटेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएका थिए। राईको सोही प्रतिष्ठानमा उपचार हुँदा हूँदै मृत्यु भएको थियो।

यता मोरङको बुढीगंगा गाउँपालिका २ बौराहामा साँझ ८ बजे मोटरसाइकलले ठक्कर दिंदा स्थानीय सोनादेवी माझी घाइते भएकी छिन। माझीलाई दक्षिणबाट उतरतर्फ जांदै गरेको को १७ प २३१८ नम्बरको मोटरसाइकलले साँझ ८ बजेतिर ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएकी उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको छ। मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्