झापामा लागूऔषधसहित पाँच युवा पक्राउ 

झापामा लागूऔषधसहित पाँच युवा पक्राउ 

झापा, पौष २८ गते ।झापाको विभिन्न स्थानबाट बिहिबार साँझ लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिईएको छ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका ६ बस्ने २४ वर्षीय अनिष भण्डारी, पाँचथर फिदिम नगरपालिका १ घर भई झापा विर्तामोड ५ बस्ने २८ वर्षीय रोशन न्यौपाने, विर्तामोड नगरपालिका ६ बस्ने ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका ३ बस्ने ४८ वर्षीय प्रेम खड्का तथा मेची नगरपालिका २ बस्ने २९ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन ।

उनीहरुलाई संघिय प्रहरी ईकाई चन्द्रगढी र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले बिभिन्न समयमा मेची नगरपालिका ६ र १० बाट पक्राउ गरेका हुन्।

पक्राउ परेका युवकहरुको साथबाट ६ ग्राम खैरो हिराईन र ४ बोतल स्कुफ नामक कफ सिरप बरामद भएकोले बरामद सामानसहित इलाका प्रहरी कार्यालय काकडभिट्टामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्