खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका एक बालक माछा मार्ने क्रममा नदीमा वेपत्ता भएका छन् । बिहीबार दिउसो नदिमा माछा मार्न गएका स्थानीय १४ वर्षीय किरण राई बेपत्ता भएका हुन् ।

दुधकोशी र सुनकोशी नदीको दोवान जोरतीघाटमा माछा मार्न गएका बालकलाई नदीले बगाएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस