चिसोबाट तराइमा हालसम्म २८ जनाको मृत्यु , वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

चिसोबाट तराइमा हालसम्म २८ जनाको मृत्यु , वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

तराई मधेसका कतिपय जिल्लाहरूमा बढेको चिसो र शीतलहर समेतले कम्तीमा २८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार चिसोबाट बालबालिका र वृद्धवृद्धा नराम्रोसँंग प्रभावित भएका छन् । चिसोका कारण मर्नेमा पनि वृद्धवृद्धा र बालबालिका बढी छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले शीतलहरका कारण चिसो लागेर सप्तरी र रौतहट जिल्लामा मानवीय क्षति बढी भएको जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण सप्तरीमा ११ जना र रौतहटमा आठ जनाको मृत्यु भएको छ ।

त्यस्तै, सर्लाहीमा तीन र सिराहामा दुई जना, पर्सा, कपिलवस्तु, महोत्तरी र धनुषामा एक–एक जना गरी नौ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्