शनिबारदेखि मौसममा सामान्य सुधार आउने

शनिबारदेखि मौसममा सामान्य सुधार आउने

काठमाडौं, पुस २८। पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली  छ । तर पानी पर्ने संभावना भने छैन ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार राती काठमाडौंको मौसम सामान्यतया बदली रहनेछ । अहिले बाक्लो हुस्सु लागेको तराईमा हुस्सु कम भएपनि पुरै हट्ने संभावना भने छैन ।

पश्चिमी वायु हटेपछि शनिबारदेखि भने मौसममा सामान्य सुधार आउने उनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्