जेनिथ इन्टरनेश्नल कलेजको वार्षिक उत्सव सम्पन्न

जेनिथ इन्टरनेश्नल कलेजको वार्षिक उत्सव सम्पन्न

विराटनगर २८ पुष । विराटनगर–१० स्थित जेनिथ इन्टरनेश्नल कलेजले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । कलेजले बिहीबार आफ्नै प्राङगणमा साँस्कृतीक तथा साँगितीक कार्यक्रम गरी मनाएको हो ।
कलेजले वार्षिक उत्सवको अबसरमा विविए र एमबीए अध्यन्नरत विद्यार्थीहरुले विभिन्न नृत्य, नाटक, सांङगीतीक , फेशन शोका क्याटवाक र याम वकमा विद्यार्थीहरु विभिन्न कल्चर पोशाकमा उत्रिएका थिए ।
यसैविच कलेजले समाजसेवीहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा वरिष्ठ समाजसेवी एवम् स्वतन्त्र सेनानी श्री तोरेन्द्र मान सिंह प्रधान, वरिष्ठ शिक्षकविद मोरङ क्याम्पसका संस्थापक एवम् भुतप्रर्व राजदुत श्री गोपाल प्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंग प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउत तथा उद्योग संगठन मोरङका श्रीमुकेश उपाध्यक्ष थिए ।
कलेजले आयोजना गरेको खेलकुद सप्ताहका विजेता तथा उप विजेता खेलाडीहरुलाई कलेजले कार्यक्रममा पुरस्कृत गरेको थियो । कलेजले विविए चौथो ब्याचका विद्यार्थीहरुको लागि विदाई तथा सम्मान कार्यक्रम राखेको थियो । कार्यक्रमका प्रम्ुम अतिथिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्याम लाल दास रहेका थिए । क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यवस्थापन क्याम्पस प्रमुख डा. उत्तम रेग्मी, प्रा.डा. प्रमोद कुमार झा, प्रा.डा. दुर्गा नन्द चौधरी लगायतले शुभकामना व्याक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कलेजका निर्देशक सिए अश्वीनी बंशलले धन्यवाद मतव्य राखेको थिए भने कार्यक्रमको उद्घोषण एमबीए चौथो सेमस्टरका विद्यार्थी मुन कार्की र विविए तृतीय सेमेष्टरकी सोनम यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्