धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना

<span class='c1'>धनकुटालाई प्रदेश नं १ को राजधानी</span> <span class='c2'>बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना</span>

काठमाडौँ । प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ धर्ना दिएको छ ।

पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

यसअघि पटक पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै आएका थिए । धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्