काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बस्ने बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो ।

आजको बैठकबाट त्यसको निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ। प्रदेशको अस्याथी राजधानी भने सरकारले तोक्नेछ। स्थायी राजधानी भने सम्वन्धित प्रदेश सभाले नै तय गर्नेछ।


प्रतिक्रिया लेख्नुहोस