काठमाडौं, २८ पुस । सरकारले प्रदेश प्रमुख नियुक्त र प्रदेशको अस्थायी राजधानी तोक्ने लागायतका विषयमा निर्णय गर्न सकेन ।
आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे निर्णय गर्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताएका छन् । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी तोकिने छ । त्यस्तै, संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर, सरकारले प्रदेश प्रमुख नतोकिँदा अझैसम्म परिणाम बुझाउन नसकेको निर्वाचन आयोगका पदाधिकारीहरू भनाइ छ ।


प्रतिक्रिया लेख्नुहोस