धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा विराटनगरमा ३ सय परिवारलाई न्यानो कपडा वितरण

धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा विराटनगरमा ३ सय परिवारलाई न्यानो कपडा वितरण

प्रेम देवान
विराटनगर
विराटनगर २९ पुष । कला, सचेतना र भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित रहेर काम गर्दै आएको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउण्डेशनले विराटनगरमा आएर न्यानो कपडा वितरण गरेको छ ।
बारा जिल्लाबाट सुरु गरेको न्यानो कपडा वितरण अभियान अन्तर्गत शनिबार विराटनगरमा आएर अति विपन्न बाढी पिडीतहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले करिब ३ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । विराटनगर महानगरपालीको समन्वयमा विराटनगर १ परोपकार घाटमा आएर न्यानो कपडा वितरण अभियान अन्र्तगत ३ सय परिवारलाई कम्बल वितरण गरीएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले यस अघि बारा हुदै रौतहट, सर्लाही, धनुषा, महोतरी सर्लाही, सप्तरी हुदै विराटनगर सम्म आएर अभियना संञ्चालन गरेको बताए ।
यसअघि धुर्मुस सुन्तली फउन्डेसनले २ हजार ९ सय घरपिरवारलाई न्यानो कमल वितरण गरिसकेको उनले जनाए । विराटनगरमा आज वितरण गरिएको कपडा एनआरएन आरसिसि चाइनाबाट सहयोगबाट उपलब्ध भएको बताए । तराईका जिल्लाहरुमा शितलहर बढेपछि न्यानो कपडा अभियान थालेको कट्टेलले जानकारी दिए । स्थानीय प्रशासनसँग समन्वय गरेर पिडा बढी भएको स्थानमा न्यानो कमल वितरण गरिएको हो ,यसैविच विराटनगर लायन्स क्लव अफ सुभमले उत्त स्थानमा न्यानो कपडा वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्