एम्स कलेजमा ‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षकमा वादविबाद

<span class='c1'>एम्स कलेजमा ‘शुसानको लागि सरकार</span> <span class='c2'>जिम्मेवार छ’ शिर्षकमा वादविबाद</span>

विराटनगर, २८ पुस । विराटनगरमा रहेको एम्स कलेजमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययरत विद्यार्थीहरु बिच शनिबार प्रतियोगिता आयोजना गरेको हो ।
‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षक राखेर आयोजना गरेको प्रतियोगितामा कलेजका लक्ष्मी मण्डल प्रथम भएकी छिन् । त्यस्तै द्धितीय अविशेष गौतम र तृतीय मनोमहन दाहाल तृतीय घोषित भए । प्रतियोगिताको निर्णायकहरुमा कलेजका अध्यक्ष तुलसी पोखरेल, जिल्ला सहकारी बचत तथा ऋण सहरीका संस्थाको अध्यक्ष डिल्ली पोखरेल रहेका थिए ।
‘विद्यार्थीहरुको नेतृत्व विकास गर्न यस्तो प्रतियोगिता आयोजना गरेको हो,’ कलेज प्रमुख सि.एम. बस्नेतलले भने, ‘यस्तो प्रतियोगिताले आगमी दिनमा पनि निरन्तरा दिनेछौं ।’
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष तुलसी पोखरेलले विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्न यस्तो कार्यक्रमले अहम भूमिका निभार्ह गर्ने बताए । त्यस्तै सहकारीका अध्यक्ष डिल्ली पोखरेलले विद्यार्थीहरुको मनोबल अभिवृद्धी गर्न यस्तो कार्यक्रम आगामी दिनमा पनि गर्दै ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्