जाजरकोटमा भाइरल प्रभावित क्षेत्रमा औषधि र डाक्टरसहित सांसद पुगे

जाजरकोटमा भाइरल प्रभावित क्षेत्रमा औषधि र डाक्टरसहित सांसद पुगे

जाजरकोट, पुस २९ गते । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ ।

जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्