नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले साढे ९ करोड मुनाफा

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले साढे ९ करोड मुनाफा

विराटनगर २९ पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ मा साढे ९ करोड मुनाफा आर्जन गरेको छ । बैकले ९ करोड ४३ लाख १ हजार ९ सय १२ रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ ।

आज ११ औं वार्षिक साधारण सभामा अध्यक्ष डा.भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७३र७४ मा बैंकले १ लाख ९ हजार ८ सय १३ घर परिवारमा लघुवित्त सेवा पुर्याई ७३ हजार ८ सय ११ ऋणी सदस्यलाई ३ अर्व ९ करोड ऋण लगानी गरेको वताए । उनले १ अर्व १३ करोड बचत संकलन गरेको साधारणसभामा जानकारी दिए ।

साधारण सभाले सम्पुर्ण शेयरधनीहरुलाई आ.ब.२०७३र७४ को वितरण योग्य मुनाफावाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकका प्रबन्ध संचालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्