बिराटनगरको विकेभीएम स्कुल ३४ औं वर्षमा , मनायो भब्य रुपमा अभिभावक दिवस

बिराटनगरको विकेभीएम स्कुल ३४ औं  वर्षमा , मनायो भब्य रुपमा अभिभावक दिवस

विराटनगर , पुस २९ - विराटनगर-११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम) स्कुलले शनिबार आफ्नो ३४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा आयोजना गरेको छ । बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन कुमार दाहालले ३४ औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा  शुभकामना दिएका थिए साथै स्कुलले गुणस्तरीय शिक्षामा सधै ध्यान दिने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए ।२०४० सालमा स्थापना भएको विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब ३ हजार बिद्यार्थी अध्ययनरत रहेका  छन् ।  वार्षिकोत्सव तथा अभिभावक दिवसका क्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, विज्ञान, हस्तकला तथा चित्रकलाको प्रदर्शनी गरेका थिए। साथै विद्यालयले उक्त बिद्यालयमा २० बर्ष सेवा गरेका कार्मचारीहरुलाई सम्मान समेत गरेको थियो  ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्