मोरङ, पौष ३० गते। मोरङको बुढीगंगा गाउँपालिका-२ अमाही बस्ने सुरज चौधरीको घरमा आइतबार अज्ञात समुहबाट लुटपाट बएको छ।
राती २ बजेतिर ४/५ जनाको समुहमा आएको उक्त समुहले चौधरीको दराजमा रहेको नगद २ लाख, आधा तोला सुन, २० तोलाको चाँदीको सिक्री र दुई जोडी सुनको टप समेत लुटेर फरार भएको जानकारी प्राप्त भएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिगइ थप अनुसन्धान भइरहेको छ।