इलाम देउमाइ नगरपालिकाले जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार दिने निर्णय,

<span class='c1'>इलाम देउमाइ नगरपालिकाले जन्मँदा र मृत्यु</span> <span class='c2'>हुँदा नगद पाँच हजार दिने निर्णय,</span>

इलाम । जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो ।

जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ ।  जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो ।

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पु¥याउन नगद रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको हो । नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ३०० जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ ।

विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ ।  यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानीय युवराज खनालले बताउनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्