अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार

<span class='c1'>अपहरणमा परेका एक भारतीय</span> <span class='c2'>बालकको सकुशल उद्धार</span>

नवलपरासी (रासस) ।  नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्मिकी नगर जंगल क्षेत्रबाट शनिबार राति उद्धार गरिएको हो ।

पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले दुवै देशका सुरक्षा निकायमा समन्वय गरी बालकको सकुशल उद्धार हुन सफल भएका हुन् ।

ठुठीबारीका कपडा व्यवसायी बबलु निगमका सात वर्षीय छोरा  आयुसको अपहरण गरेपश्चात् अपहरणकारीले बालकको रिहाइका लागि रु एक करोड फिरौती रकम माग गर्दै आएका थिए ।

ठुठीबारीमा रहेको राधाकुमार इन्टल कलेजको प्रबन्धक सञ्चालकसमेत रहेका कँडेलले बालकको अपहरण भएको थाहा पाएपछि आफ्नो दायित्व महसुस गरी दुवै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुशल उद्धार गर्न मद्दत गरेको कँडेलले जानकारी दिए ।
अपहरण गर्नेमध्येका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक नेपाली र तीन भारतीय रहेका छन् । चारै जनालाई अहिले भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई कानूनबमोजिम कारबाही हुने भारतीय प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी नीरज श्रेष्ठ, भारतको विहार प्रदेश वााल्मिकी नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरी अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्