सुनसरीमा सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो

<span class='c1'>सुनसरीमा सरकारी राहत प्रभावकारी</span> <span class='c2'>ढंगले वितरण नभएको गुनासो</span>

इनरुवा, २ माघ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको छ । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन समितिको बैठक डाकी लगत विवरणसहित वितरण गरिएका सामग्रीको बारेमा जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गर्नुभएको हो ।

प्रजिअ पराजुलीले राहत सामग्री राजनीतिक आस्थाको आधारमा वितरण गरिएको र थन्क्याएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्