राष्ट्रिय सभामा ४० सिट जित्ने गठबन्धनको दाबी

राष्ट्रिय सभामा ४० सिट जित्ने गठबन्धनको दाबी

काठमाडौं । आगामी मंसिर २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित हुने ५६ सदस्यमध्ये ४० पदमा बाम गठबन्धनले जित्ने दाबी गरिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गठित एमाले–माओवादीको संयुक्त कार्यदललले यस्तो निश्कर्ष निकालेको हो ।

कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर कार्यदलमा छलफल भएको बताए ।
उनले मतदाता संख्याको आधारमा उम्मेदवार तय गर्ने भएकाले बाम गठबन्धनले ४० सिट जित्नसक्ने दाबी गरे ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिका प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता हुन्छन् ।

‘आइतबारको बैठकमा दुवैतर्फबाट कसका कति भोटर हुन्छन् भन्ने मोटामोटी छलफल र मतदाता लिस्ट आदान प्रदान भयो, त्यो लिष्टका आधारमा बाम गठबन्धनले ३८ देखि ४० सिट जित्ने देखियो’ कार्यदल सदस्य पाण्डेले बताए । पाण्डेका अनुसार भोटर संख्यालाई आधार मानेर राष्ट्रिय सभा सदस्यका उम्मेदवार तय गर्न दुवै पक्ष सहमत पनि भएका छन् ।

कार्यदलमा पार्टीका शीर्ष नेताको स्ट्याण्ड, पार्टी एकतालाई ध्यान दिदै समावशी समानुपातिक र व्यक्तिको योगदानका आधारमा उम्मेदवार बनाउने सहमति भएको छ । निर्वाचन आयोगले आगामी माघ सात गते मतदाता नामावली प्रकाशित र १० गते उम्मेदवारको मनोनयनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । दुई पार्टी एकीकरण निर्वाचनभन्दा पहिला नहुने भएपछि दुई दलले उम्मेदवार चयन गर्ने आधार तय गरेका हुन् ।

यसअघि प्रदेश तथा प्रतिनधिसभा सदस्य निर्वाचनमा एमाले माओवादीले ६०–४० को आधारमा उम्मेदवार तय गरेका थिए । तर, यो निर्वाचनमा निश्चित मतदाता हुने भएकाले ६०–४० भन्दा मतदाता संख्यालाई आधार बनाएर निर्वाचन लड्दा उपयुक्त हुने भएपछि यो नीति तयार गरेको कार्यदल सदस्यहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्