तामाङ समुदायले माघ ४ गते सरकारले दिएको विदा फिर्ता लिन आग्रह

<span class='c1'>तामाङ समुदायले माघ ४ गते सरकारले</span> <span class='c2'>दिएको विदा फिर्ता लिन आग्रह</span>

तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको मिति गलत भएको नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ ।

तामाङ नयाँ वर्ष अर्थात् सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ ।

ज्योतिष पात्रो अनुसार ल्होसार माघ ४ मा भनिएपनि मन्जुश्री पात्रो अनुसार फागुन ४ मा सोनाम ल्होसार परेको नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारीणी समिति लमजुङका अध्यक्ष अजय तामाङले परम्परा र पात्रोसंग सम्बन्धित विषयमा अध्ययन तथा खोज नगरी सरकारले माघ ४ गतेलाई ल्होसारको विदा दिएकाले सच्याउन आग्रह गरे ।

‘भाषा, लिपी, मौलिक संस्कृतिको पहिचान, उत्पादन, निर्माण र सम्वृद्धि हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ फागुन २ गतेदेखि लमजुङमा सोनाम ल्होसार मनाइने भएको छ ।

मञ्जुश्री पात्रो अनुसार यसवर्ष २८५४ औं खि ल्हो (कुकुर वर्ग) को स्वागत गर्दै माघ शुक्ल प्रतिपदाको भोलिपल्ट सोनाम ल्होसार पर्व मनाइदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्