काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालीका १८ कटानकी एक महिलाले आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षिया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालीका २ देहीमाडौंका २५ वर्षिय राजु बोहोराको हत्या गरेकी हुन् ।
आफुलाई खाने कुरामा नशालु पदार्थ मिसाएर खुवाएर अश्लिल भिडियो बनाएको र त्यही भिडियो देखाएर ब्याल्कमेल गरेको भन्दै धर्माले सोमबार राति धारिलो हतियार प्रहार गरी राजुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा पक्राउ परेकी बोहोरालाई प्रहरीले हिरासतमा राखि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।