काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नेबारेमा अान्तरिक तयारी गरेका छन् । त्यसका लागि उनले अाज पार्टीका प्रभावशाली नेताहरूसँग पनि छलफल गरेका छन् ।
छलफलपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र मुकाम तोक्न सक्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।