शिवजीको बुटी भन्दै गाँजाको व्यापार गर्ने पक्राउ

शिवजीको बुटी भन्दै गाँजाको व्यापार गर्ने पक्राउ

काठमाडौं । शिवजीको बुटी भन्दै पशुपतीमन्दिर परिसरमा गाँजाको व्यापार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्। एक महिनामा प्रहरीले ३० भन्दा धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ।

मंगलबार प्रहरीले बनकालीबाट लागूऔषध गाँजा सहित सोनाम तामाङलाई पक्राउ गरेको छ।

पशुपति बनकालीबाट लागुऔषध गाँजा बिक्रिबितरण गरिरहेको अवस्थामा २३ पोका लागुऔषध गाँजासहित महानगरीय प्रहरी वृत्त गौशलाले उनलाई पक्राउ गरेको हो।

धर्मको नाममा गाँजाको कारोबार गर्नेहरुविरुद्ध बिशेष अप्रेसन नै चलाएर कारबाही बढाइएको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्